भारतमा एकैदिन ८८ हजार कोरोना मुक्त
काठमाडौँ, ४, असार । भारतमा बिहिबार ६२ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९७ लाख ६१ हजार ९ सय ६४ पुगेको छ । यस्तै बिहिबार भारतमा १ हजार ३ सय १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ५ सय ५१ पुगेको छ ।
यस्तै भारतमा हिजो एकैदिन ८८ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका छन् यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ८५ लाख ७३ हजार २१ पुगेको छ । अब भारतमा ८ लाख ५ हजार ४ सय २२ सक्रिय संक्रमित रहेका छन् ।