म्यानपावर नवीकरण गर्न आउन विभागको आग्रह
काठमाडौँ ३ असार । वैदेशिक रोजगार विभागले एक सूचना निकाल्दै वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था र सीपमूलक तालिम प्रदायक संस्थालाई नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।विभागले असार १५ गतेभित्र इजाजत नवीकरणका लागि आग्रह गरेको हो ।
उक्त सूचनामा म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तीमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात लिएर नवीकरणका लागि उपस्थित हुन भनिएको छ । त्यस्तै विभागबाट प्राप्त इजाजत पत्रको प्रतिलिपि, नगद धरौटी र बैङ्क ग्यारेन्टीको प्रतिलिपिसहित म्यानपावरहरूले उपस्थित हुन विभागले आग्रह गरेको छ ।
साथै नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत पेस गर्नु पर्ने बताईएको छ ।