मालाकारद्वरा राहत वितरण
काठमाडौँ, ३, असार । कोभिड–१९ महामारीको दोस्रो लहरको कारणले गरिएको निषेधाज्ञा जारी भएपछि दैनिक काम गर्दै जीवनयापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरहेको छ। कोरोना भाइरस संक्रमणका कारण गरिउको निषेधाज्ञाको समयमा दैनिक काम ठप्प हुदाँ असहज परिस्थितिमा रहेका ठमेलका विपन्न र असहाय परिवारहरुको सेवामा २६वडाका समाजसेवी सोजेश मान मालाकार अघि सरेका छन्।
विभिन्न सामाजिक संघ सस्थाको सचिव र सह–संयोजकको भूमिका निर्वाह गर्दै कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञामा राहत सामग्री वितरण गरेका छन्। दैनिक रुपमा काम गरेर विहान बेलुका छाक टार्ने व्यक्तिहरु रोगले भन्दा भोगले मारमा परेकाले राहत वितरण गरिएको जानकारहरु बताँउछन्।
उक्त राहत कार्यक्रममा महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक श्री प्रमेश बिष्ट,ठमेल पर्यटन बिकास परिषद्का अध्यक्ष श्री प्रकाश नर्सिङ राणा र सदस्य श्री राजेन्द्र दुलाल र स्थानिय व्यक्तिहरुको साथ र सहयोग रहेको थियो।
ठमेल पर्यटन बिकास परिषद्को आउदोँ निर्वाचनमा मालाकारले पनि महासचिव पदका लागि आफ्नो तयारी जुटाउन र मतदाता भेटघाटकै क्रममा व्यसत रहेता पनि समाजसेवालाई पनि अत्मसाथ गर्दै अघि बढ्ने जानकारी गराउनु भयो।