भारतमा एकैदिन कोरोना मुक्त हुनेको संख्या संक्रमित भन्दा ४८ हजारले धेरै
काठमाडौँ, २, असार । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय २४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९६ लाख ३२ हजार २६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ हजार ५ सय ४२ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७९ हजार ५ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने १ लाख ७ हजार ६ सय २८ सहित भारतमा जम्मा २ करोड ८३ लाख ८८ हजार १ सय ले कोरोना जित्न सफल भएका छन् ।
हाल भारतमा ८ लाख ६५ हजार ४ सय ३२ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २६ करोड १९ लाख ७२ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।