कोरोना संक्रमण दर घट्दै
काठमाडौँ, २, असार । महाकाली अस्पतालको पीसीआर ल्याबमा सोमबार ३८ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण देखियो । जिल्लाभरिमा २ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भयो ।सेती प्रदेशिक अस्पतालमा गरिएको परीक्षणमा पनि ५ जनासहित जिल्लाभरिमा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार पनि जिल्लामा एन्टिजेन र पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको थियो । ५७ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार जिल्लामा दोधारा चाँदनी नगरपालिकाका १ र बेलौरी नगरपालिकाका १ गरी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
करिब दुई सातायता जिल्लामा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ । वैशाख अन्तिमसम्म कोरोना संक्रमित बिरामीले भरिएको महाकाली अस्पतालका बेडहरू खाली भइरहेका छन् । अहिले महाकाली अस्पतालमा ११ जना संक्रमितको उपचार भइरहेको छ ।
आईसीयूका ६, एचडीयूका १६ र नर्मल आइसोलेसनका ५० गरी ७२ बेडमध्ये ५९ बेड खाली रहेका छन् । ‘चार साताअघिसम्म संक्रमितले अस्पताल भरिभराउ थियो,’ महाकाली अस्पतालका डा. अर्जुन भट्टले भने, ‘तर अहिले संक्रमण निकै घटेको छ, नयाँ केस निकै कम आइरहेका छन् ।’ उनका अनुसार केही दिनयता दिनमा एकरदुई जना मात्रै संक्रमित आउने गरेका छन् ।