image
image

अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

मध्यपुरथिमि ३१ जेठ: कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उक्त स्वास्थ्य सामग्री नगर प्रमुख वासुदेव थापाले स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गरे । उनले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवं बजेट ल्याइने बताए । उनले जगतीमा नगर अस्पताल सञ्चालनको अन्तिम तयारी रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरीदका लागि बोलपत्र भइसकेको जानकारी दिए ।


कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले अमेरिका बस्ने त्यहाँका नेपालीको सहयोगले स्वास्थ्य चौकीको आवश्यकताअनुसारका केही सामग्री सहयोग आउँदा राहत मिलेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।