चीनद्वरा ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
काठमाडौँ, ३०, आइतबार । चीनको शान्नान शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ। भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान शहरले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
शान्नानले भक्तपुरलाई एउटा भेन्टिलेटर, ३२ वटा अक्सिजन कन्सन्ट्रेट, ४० लिटरको १०० वटा अक्सिजन सिलिन्डर र ५० वटा आईसीयु बेड प्रदान गरेको छ। शान्नानले भक्तपुरलाई करिब १ करोड ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरू हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको नगरपालिकाले जनाएको छ।हाल ख्वप अस्पतालमा अक्सिजन प्लान्ट सहितको स्वास्थ्य पूर्वाधार निर्माण गरिरहेको नगरपालिकालाई शान्नान शहरबाट भएको सहयोगले थप उर्जा मिलेको नगर प्रमुख सुनिल प्रजापतिले बताए। उनले संकटको अवस्थामा सहयोग गर्ने शान्नान नगरलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
नेपालमा कोभिड १८ नियन्त्रण तथा रोकथामको चीनले यसअघि नेपाल मजदुर किसान पार्टीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो। नेककिपाले ती स्वास्थ्य सामाग्रीहरु भक्तपुर जिल्लाका अस्पतालका साथै काभ्रे, सुर्खेत हेटौंडा लगायत अन्य जिल्लाका अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो।