कोरोना भाइरस संक्रमणबाट ५८ जना यातायात मजदुरको मृत्यु
काठमाडौं, ३०, आइतबार।कोभिड भाइरस संक्रमणबाट हालसम्म ५८ जना यातायात मजदुरको मृत्यु भएको छ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तयार गरेको तथ्यांकअनुसार ५११ जना यातायात मजदुरलाई संक्रमण भएको छ।यीमध्ये करिब १५० जनाले अस्पतालमा र बाँकीले होम आइसोलेसनमा उपचार गराइरहेको संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए। संगठनले प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड महामारीले पीडित मजदुरहरुलाई राहत, खोप र संक्रमितलाई उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ।









