कुवेतमा उडान प्रतिबन्धका कारण जटिल बन्दै नेपालीको अवस्था
काठमाडौँ २९ जेठ । नेपाल र कुवेत बीच उडान बन्द हुँदा कुवेट स्थित नेपालहरु समस्यामा परेका छन् । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा लगाईएको प्रतिबन्ध लामो समय बितिसक्दा पनि कुवेतको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा नेपालीको समस्या बढेको हो।
अहिले नियमित रुपमा फर्किने श्रमिक र भिसाको अवधि पूरा गरेका तथा नियमित घरविदामा फर्किने नेपाली उडान बन्दको चपेटामा परेका छन्। करार अवधि पूरा गरेका श्रमिकको कम्पनीले भिसा नगर्ने हुँदा पनि समस्या थपिएको हो ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी पनि उडान नखुल्दा समस्या बढ्दै गएको बताउँछन्।अहिले कुवेतमा आर्थिक गतिविधि चलायामान भएकोले पहिला जस्तो कामविहिन भएर कुनै पनि नेपाली बस्नु नपरेको बताए। भिसा सकिएको छ, जो विदामा जाने योजनामा थिए उनीहरुलाई समस्या परेको बताए ।
त्यस्तै उनले कुवेतको समस्या बताउँदै उडान सूचारु गर्न सरकारसमक्ष पहल गरिरहेको पनि बताए । ‘हामी आशावादी छौँ, सरकारले मापदण्ड तोकेर कुवेतको लागि पनि केही निर्णय गर्नेछ,’ उनले भने ।