निरन्तर घट्दै कोरोना संक्रमण, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २९ जेठ - नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६१ जनाको मृत्यु भएको छ ।
यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६१ जनाको मृत्यु भएको छ ।









