image
image

कोरोनाले बढायो आर्युेवेदिक औषधिको महत्व

काठमाडौँ  २८ जेठ । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।

पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।

कोरोनाको हालसम्म कुनै औषधि नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालयले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हातहातमा आयुर्वेद औषधि पु¥याउने अभियान चलाइरहेको छ । कोरोना सङ्क्रमितलाई अनलाइनमार्फत योगाभ्यास गराउनेदेखि रोग प्रतिरोधात्मक औषधि वितरणसम्मको काम औषधालयले गर्दै आएको धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोज रायले बताउनुभयो ।

“सङ्क्रमितले आफूखुशीसमेत आयुर्वेद औषधि सेवन गरेको पाइएको छ । तर फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवालगायतका औषधिको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होमआइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौँ”, डा रायले भन्नुभयो, “अहिले कार्यालयबाट समेत दैनिक २० देखि ३० जनाभन्दा बढीले हामीले कोरोना जित्न सहयोग गर्र्न बनाएको औषधि प्रयोगका लागि लैजानुभएको छ भने करिब २१२ कोरोना सङ्क्रमितलाई कार्यालयले पालिकासँग समन्वय गरेर औषधि वितरण गरेको छ ।” कोरोनाको पहिलो लहरपछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग भएको र अहिलेसम्म ७५४ जनाले उक्त औषधि लगेको औषधालयको भनाइ छ ।


कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ । कोरोना सङ्क्रमित भई होमआइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । नेपालका पाँचौँ कोरोना सङ्क्रमित बागलुङकी अंशु सापकोटा र छैटौँ सङ्क्रमित मनकुमारी पौडेलले समेत आत्मबल र आयुर्वेद औषधिको सहारामा कोराना जितेको बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।