अब फोहोर व्यवस्थापनको बिल पनि खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने
काठमाडौँ २६ जेठ । अब फोहोर व्यवस्थापनको बिल पनि खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरूसँगको सहकार्य पश्चात अब खल्तीबाट निःशुल्क, झन्झट रहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने भएको हो ।
बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्बकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्रै संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरूसँग सहमति र सहकार्य गरि फोहोर व्यवस्थापन बिल खल्तीमार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ ।