image
image

उपचारका क्रममा कोरोना संक्रमणबाट चारको मृत्यु

काठमाडौँ, २३, आइतबार। कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।