image
image

जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु

काठमाडौँ, २२, शनिबार । जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरी परीक्षण उत्पादन सुरु भएको छ । केही दिनभित्रै नियमित उत्पादन सुरु हुने अस्पतालले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो । ‘शुक्रबार परीक्षण उत्पादन सफल भएको छ । आइतबारबाट नियमित उत्पादन हुनेछ,’ जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले भने, ‘बझाङ अस्पतालमा अब अक्सिजनको समस्या टरेको छ ।’

अहिले अक्सिजन सोझै बिरामी राख्ने बेडसम्म पाइपमार्फत जडान गर्ने प्रणाली स्थापना गर्ने काम भइरहेको छ । केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पुर्‍याउने प्रविधि पनि सञ्चालनमा आउने उनले बताए । नियमित उत्पादन सुरु भएपछि अक्सिजन प्लान्टबाट दैनिक चार सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ ।

 ‘बिरामीको जोखिम मात्रै घटेको छैन । अब अक्सिजन भर्नका लागि जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ,’ डा. ओखेडाले भने, ‘आवश्यक पर्दा जिल्लाभित्रका अरू स्वास्थ्य संस्थालाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने अवस्थामा हामी पुगेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।