image
image

 घट्यो सक्रिय संक्रमित संख्या 

काठमाडौँ -  पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।


पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।


कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।