image
image

काठमाडौँ महानगरद्वारा थप दुई थान भेन्टिलेटर सहयोग

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।

हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा रु २६ लाख ५० हजार रहेको बताइएको छ । उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, सङ्क्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताए ।


अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य रु २६ लाख ५० हजार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।