दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घट्यो
काठमाडौँ, २०, बिहीवार । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ। विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो। सो कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जानाएको छ।
उक्त कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ।नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन्।
दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो। देशमा यस्ता सवारी साधनको प्रभाव बढाउन कम्पनीले लागि परेको दाबी गरेको छ। यसकारण गत वर्ष पनि आयातमा लाग्ने कर र महसुलहरु बढे पनि गाडीको मूल्य उच्च नराखिएको कम्पनीले बतायो।