image
image

प्रदेशमा आजदेखि खोप पठाइँदै; जेठ २५ देखि खोप दिने निर्णय

काठमाडौं, २०, बिहीवार। छिमेकी राष्ट्र चीन सरकारबाट ल्याइएको कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसेल खोप आजदेखि प्रदेशमा पठाइँदै छ । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप आजदेखि प्रदेशमा वितरण सुरु गरिएको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

प्रदेश आपूर्ति केन्द्रले विभिन्न जिल्लामा खोप वितरण गर्नेछ । जिल्ला खोप समन्वय समितिको सहकार्यमा खोप केन्द्रहरु तोकी केही दिनभित्रै खोप तालिका सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई उक्त खोप दिने निर्णय गरेको छ । यसपटकको अभियानमा चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप दिइने मन्त्रालयले जनाएकोे छ ।

नेपालमा अहिलेसम्म सात लाख १४ हजार १६३ जनाले कोभिड–१९ विरुद्धको खोप दुवै डोज र २१ लाख १३ हजार ८० जनाले पहिलो डोज लगाएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।