image
image

कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्यु

काठमाडौँ, १९, बुधबार । भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ । यसअघि, दैनिक चार लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ । तर, खतरा अझै टरेको छैन ।कोरोना संक्रमणकैबीच न्युज एजेन्सी एएनआईले ‘इन्डियन मेडिकल एसोसिएसन’लाई उद्धृत गर्दै दोस्रो लहरका क्रममा ५९४ चिकित्सकहरुले ज्यान गुमाएको उल्लेख गरेको छ ।

रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ । देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १०७ चिकित्सकहरुको मृत्यु भएको छ ।दोस्रोमा बिहार रहेको छ । जहाँ ९६ जना चिकित्सकले ज्यान गुमाएका छन् । यस्तै, उत्तर प्रदेशमा ६७ चिकित्सकको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।