साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, १८, मंगलबार। कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा उनको आइतबार राति निधन भएको हो । उनलाई दुई साताअघि कोभिड–१९ पुष्टि भएकोमा आईसीयूमा राखेर उपचार हुँदैआएको थियो ।
पाल्पा रिब्दीकोट निवासी नेपालका कविता कृति ‘युवालाई आह्वान’, लोकलयमा आधारित योगकाव्य ‘अष्टाङ्ग योग’, यात्रा संस्मरण ‘रमाइलो यात्रा क्यानडाको’, योग विधिसम्बन्धी ‘योगको प्रवेशद्वार’ प्रकाशित छन् । साथै आधा दर्जन कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।करिब ३३ वर्ष निजामती सेवाका जागिरे उनी २०६५ मा लेखा अधिकृत पदबाट सेवानिवृत्त भएका थिए । निजामती प्रवेशअघि उनी एक दशक शिक्षण सेवामा संलग्न थिए ।
भारतको जैन विश्वभारती विश्वविद्यालयबाट जीवन विज्ञान, प्रेक्षाध्यान एवं योग विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका उनी गोरखपुर स्कूल अफ नेचुरल थेरापी कलेजबाट तालिम लिइ डाक्टर इन नेचुरोपेथी ९एनडी० उपाधिसमेत हासिल गरेका थिए ।
पछिल्लो समय काठमाडौं कीर्तिपुर बस्दै आएका उनका श्रीमती, २ छोरा–बुहारी छन् ।