image
image

अक्सिजन प्लान्ट खरिदका लागि नगरबासीसँग सहयोग जुटाउँदै भक्तपुर नगरपालिका

काठमाडौं, १८, मंगलबार । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए ।

सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको प्रजापतिले गुनासो गरे । संक्रमितको उपचारको लागि बीमा संस्थानले दिनुपर्ने करिब साढे पाँच करोड रकम समेत नआएको उनको भनाइ छ । 

जेठ ४ गते नगरपालिकाको भर्चुअल बैठक गरेर जनतामाझ गएको हो । उनले भने ‘हामीलाई केन्द्र सरकारले दिनुपर्ने रकम पनि नदिएका कारण हामीसँग दुई विकल्प रह्यो । एक विकासको रकम कटौती गरेर यता लगाउने, अर्को जनतामाझ जाने ।’

नगरपालिकाको बैठकपछि नगरबासीलाई नै सोधेर उनीहरुको अनुसार अघि बढेको जनाएको छ । ‘हामीले जनतालाई सोध्यौं । केन्द्र सरकारबाट पाउनुपर्ने रकम समेत आएको छैन । त्यसैले हामी विकासको काम रोकेर यता खर्च गरौं कि तपाईंहरु सहयोग गर्नुहुन्छ रु’ मेयर प्रजापतिले भने जनताले हामी सहयोग गर्छौं । विकासको काम नरोकौं भनेपछि सहयोग जुटाउन थालेका हौं ।’

नगरपालिकाले जनतालाई अपील गरेको १२ दिनमा नै तीन करोडभन्दा बढी जनताको सहयोग जुटेको छ । जनताको सहयोगबाट उठेको रकमले जनताकै स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजन प्लान्ट राख्ने र स्वास्थ्य सामग्री खरिद गर्ने योजना रहेको मेयर प्रजापतिले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।