image
image

 काठमाडौं उपत्यकामा पनि भेटिए कालो ढुसी संक्रमित

काठमाडौं, १८, मंगलबार। कालो ढुसी को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् ।वीरगञ्जमा ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।

‘वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्,’ डा. पौडेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएका छौं । वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका डा. निरज सिंहले बताए ।

बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले बताए । ‘तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएका थिए,’ डा पाण्डेले भने, ‘दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु हुन गयो । एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको उनले बताए ।भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो ।

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको उनले बताए ।
नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेन्द्र न्यौपानेले एक दुई महिनाभित्रमा यो संक्रमण बढेर एकसयदेखि डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् ।

काठमाडौंको तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत तथा कोर्निया विशेषज्ञ डा. रीता गुरुङले यो एक प्रकारको दुर्लभ रोग भएको बताउँछिन् । कोभिडका बिरामीलाई मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य बिरामीमा पनि यसको संक्रमण हुने बताउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।