image

भारतको यो बर्षको बजेट सार्वजनिक, नेपालले पाउने बार्षिक अनुदानमा वृद्धि 

काठमाडौं । भारत सरकाले आर्थिक वर्ष सन् २०२०/२१ को लागि बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारुको बजेट सार्वजनिक गरेकी हुन्। 

योसंगै भारतबाट नेपालले पाउने बार्षिक अनुदानमा पनि वृद्धि भएको छ । आर्थिक बर्ष २०२१/२२ को केन्द्रिय बजेट सार्वजनिक गर्दै सीतारमणले गत आवको तुलनामा यो बर्ष नेपालले पाउने अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँले बढेको बताएकी हुन । 

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । यसअघि आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो । गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो ।

यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले यो बर्ष पहिलो पटक पेपरलेस बजेट ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।