image
image

वल्र्ड भिजनको रु एक करोड ६० लाखको स्वास्थ्य सामग्री

डोटी, १७ जेठ: कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिण्डर, अछाम, बझाङ र डोटीमा प्रतिजिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कञ्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पिपिइ सेट वितरण गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा ती स्वास्थ्य सामग्री प्रयोगमा ल्याइने छ । बाँकी रहेका स्वास्थ्य सामग्री प्रदेशका अन्य जिल्लामा वितरण गरिने जनाइएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।