भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन
म्याग्दी, १७ जेठ: जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो ।
दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।
प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए ।
आइसियु कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवालले बताए ।