८ जीबी डेटासहितको सिमकार्ड निःशुल्क डेलिभरी गर्दै स्मार्टसेल, कसरी गर्ने अर्डर ?
काठमाडौं । नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक कम्पनी स्मार्टसेलले आफ्नो सिमकार्ड निःशुल्क रुपमा होम डेलिभरी गर्न थालेको छ । कम्पनीले ८ जीबी डेटा र २० मिनेट टकटाइम भएको सिमकार्ड निःशुल्क डेलिभरी गर्न थालेको हो ।
हाल यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी तथा एक जीबी गरी तीन जीबी डेटा र २० मिनेट टकटाइम पाउने स्मार्ट टेलिकमका प्रमुख बिक्री अधिकृत रमेश उप्रेतीले बताए ।
त्यस्तै बाँकी डेटा भने दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । जसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने छ ।
डेलिभरीको लागि सुरुमा http://freesmartoffer.smarttel.com.np/ मा गई दायाँतर्फ रहेको साइन अप अन्तर्गत आफ्नो नाम, ठेगाना, ईमेल एड्रेस र फोन नम्बर उल्लेख गरी साइन अप गर्नुपर्ने हुन्छ । यतिगरे पछि हामीले गरेको अनुरोध स्मार्ट सेलको सिस्टममा जान्छ ।
अनुरोध प्राप्त भएपछि कम्पनीको कस्टमर केयरले फोन गरी आवश्यक कागजातको जानकारी सहित स्थान, डेलिभरी हुने मिति र समय निश्चित गर्नेछ । अर्डर गरेको ४८ घण्टाभित्र तोकिएको समयमा स्मार्टसेलको डेलिभरी एजेन्टले निःशुल्क रुपमा सिमकार्ड डेलिभरी दिनेछ । त्यसक्रममा सिमकार्डका लागि आवश्यक कागजात सम्बन्धि काम समेत डेलिभरी एजेन्टले नै गर्नेछन् ।