image
image

डडेल्धुरामा ओरालो लाग्दैँ कोरोना संक्रमण दर

काठमाडौँ, १६, आइतबार । विश्वभर फैलिरहेको कोरोना भाइरस विकराल रुप लिएको थियो । डडेल्धुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक साता यतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । 

जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्ने समेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

करीब एक साता यतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स्थानीय तहले कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।

दुई साता पहिले जिल्लामा कोरोना महामारीसँगै भाइरल ज्वरो र मौसमी बिरामीको सङ्ख्या बढी थियो तर पछिल्लो समयमा केही कमी आएको छ । खानपिन र सरसफाइका साथै व्यक्तिगत सुरक्षाका कारण र स्वास्थ्य मापदण्डअनुसार जनता सचेत हुँदा बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।