image
image

बागमती प्रदेशमा कोरोना संक्रमण निको हुनेको दर ८२ प्रतिशत

काठमााडौँ, १६, आइतबार । बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणको दर १६ दशमलव ११ प्रतिशत रहेको छ भने निको हुनेको दर ८२ दशमलव ०७ प्रतिशत रहको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका कुल १७ लाख ९४ हजार ९ सय १६ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परिक्षण गर्दा २ लाख ८९ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमण पुष्टि भएका कुल संक्रमित मध्ये २ लाख ३७ हजार ३ सय ९५ जना अर्थात् (८२.०७)प्रतिशत निको भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २ हजार ३ सय ५१ जना अर्थात् (०.८१) प्रतिशतको मृत्यु भइसकेको छ । प्रदेशका १३ जिल्लामा कुल संक्रमितमध्ये १७ दशमलब ११ प्रतिशत अर्थात ९४९ हजार ५ सय ४ जना०को सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।