image
image

यस्तो छ पूर्वाधारमा सरकारी बजेट

काठमाडौं । पूर्वपश्चिम राजमार्ग सुरक्षाका मापदण्ड राजमार्ग बिस्तार गर्नका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन भएको छ। आगामी वर्षका लागि मध्यपहाडी राजमार्ग विस्तार गर्न ८ अर्ब १३ करोड रुपैयाँ, मदन भण्डारी राजमार्गको चतरा-हेटौंडा खण्डका लागि रेखांकन, डीपीआर र निर्माणका लागि ३ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ। रतुवा कान्द्रा विभिन्न नदीमा पुलसहित बाँकी काम सक्न ६ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ।

कञ्‍चनपुर-कमला, ढल्केबर-पथलैया र नारायणगढ-बुटवल खण्डको विस्तार कार्यलाई तिव्रता दिइने, काकडभिट्टा इनरुवा, पथलैया-नारायणगढ, बुटवल कोहलपुर र बनबासा खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने बताएका छन। 
 
काठमाडौं-तराईरमधेस द्रुतमार्ग आयोजनाका लागि ८ अर्ब १५ करोड, सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाइ डेडिकेटेड डबल लेनमा विस्तार गर्न ७ अर्ब रुपैयाँ र  पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन खण्डको स्तरोन्नति र आबुँखैरेनी पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ।



 तराईका १८ जिल्लाको सदरमुकाम हुँदै दक्षिण सीमा जोड्ने सडक चार लेनमा विस्तार गर्न २ अर्ब ६६ करोड, अरनिको राजमार्ग धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति तथा विस्तारका लागि १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ। जाजरकोट-दुनै सडक स्तरोन्नतिका लागि ६१ करोड रुपैया छुट्याइएको छ। महाकाली राजमार्गका लागि १ अर्व ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

रणनीतिक र स्थानीय गरी ३ सय पुल निर्माण सक्ने लक्ष्य लिइएको छ। महाकाली नदीमा पुल निर्माण गर्न ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ।  काठमाडौं चक्रपथको दोस्रो खण्ड कंलकीदेखि महाराजञ्ज विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेटमा छ्ट्याइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।