image
image

चीनबाट स्वास्थ्य उपकरण सहितका सामग्री ल्याइयो

पोखरा, १५ जेठ: पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिए । उनले भने “अहिलेको अवस्था निकै जटिल छ , मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हौ । ”

परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए । ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।