ह्वातै घट्यो संक्रमित संख्या, आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी
काठमाडौं, १५ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ३ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।त्यस्तै कोरोना संक्रमणबाट आज थप १ सय १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म ३० लाख ३१ हजार ३ सय ८३ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख ११ हजार ५ सय ९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८९१ रहेको छ