image
image

पाल्पामा ४ जना कोरोना संक्रमितको मृत्यु  

काठमाडौँ, १५, शनिबार । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।माथागढी गाउँपालिका–३, कसेनीका ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जेठ ५ गते संक्रमण पुष्टि भएका उनको मिसन अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

त्यस्तै बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराकी ४९ वर्षीया महिलाको पनि शुक्रबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ७ गते एन्टिजेन पोजिटिभ देखिएर उपचार गराइरहेकी महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै रम्भा गाउँपालिका–१, हुँगीका ५५ वर्षीय पुरुषको पनि मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

हुँगीस्थित कोभिड अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि मिसन अस्पताल ल्याइएको थियाृ । उनी गत जेठ ५ गते एन्जिेन पोजिटिभ आएपछि उपचाररत थिए । अक्सिजन लेभल कम भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि मिसन पठाइएको कोभिड अस्पतालका मेडिकल अधिकृत डा। पुजन श्रेष्ठले बताए ।

यसैगरी गुल्मी चन्द्रकोट गाउँपालिकाका ४२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।