महानगरमा एन्टिजेन परीक्षण, ६४ जनामा पोजिटिभ
काठमाडौं, १५, शनिबार। काठमाडौं महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९५७ जनाले कोभिड परीक्षण गरेका छन्। दोस्रो लहरको कोरोना सङ्क्रमणदर बढ्न थालेपछि महानगरले समुदायस्तरमा वृहत परीक्षण थालेको हो।
शुक्रबारदेखि गरिएको परीक्षणमा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार १० वटा वडामा परीक्षण गरेको हो।
शुक्रबारदेखि गरिएको परीक्षणमा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार १० वटा वडामा परीक्षण गरेको हो।