image
image

प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

दमक, १४ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गरेका छन् । क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उनले भवनको शिलान्यास गरे।

शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा हुनेछन् । चौतीस कक्षा कोठा र १८ सटरसहितका भवन बन्ने सञ्चालक देउकुमार नेम्बाङले बताए ।

नगरपालिकामार्फत रु आठ करोड ९४ लाखको लागतमा ठेक्का लागेको हो । निर्माण सम्झौता १० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उनले बताए । भर्चुअलमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न उक्त क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको बताए ।


प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएपछि अन्य संरचनाको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समेत स्थलगत शिलान्यास गरेका थिए ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।