काठमाडौँमा थपिए २३ सय संक्रमित
काठमाडौँ - काठमाडौँ उपत्यकामा एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र १७ सय ९६ संक्रमित फेला परेका छन् । त्यस्तै, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै हिजो काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका थिए ।पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेनविधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।