बेलायतद्वरा दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो
काठमाडौँ, १४, शुक्रबार। कोरोना भाइरस विरुद्ध लड्न बेलायतले नेपाललाई उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । एक विशेष कार्गो विमानमार्फत ती स्वास्थ्य सामग्री ल्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत अपलोड गरेकी छन् । भिडियोमा बोल्दै उनले महामारीको यो कठिन घडीमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
उनका अनुसार बेलायतले दिएको २६० वटा भेन्टिलेटर र त्यसका लागि आवश्यक पर्ने अन्य उपकरण, सामग्री, मास्क, फेस शिल्ड लगायत सामग्री काठमाडौँ आइपुगेका हुन् । सहयोगगका लागि नेपालले अनुरोध गरेपछि बेलायत सरकारले अनुदानमा ती सामग्री दिएको हो ।