image
image

अक्सिजनको अभावले पोखरामा सुत्केरीसहित ७ संक्रमितको मृत्यु

काठमाडौँ, १४, शुक्रबार । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।उनका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डा। बरालले बताए।

गएराति मृत्यु भएका यी ७ जना अक्सिजनको अभावले मात्रै भन्न नमिल्ने डा. बरालले बताए।

‘हामीले अक्सिजन दिएका थियौं, अक्सिजन अभाव भएपछि बिरामीका आफन्तले पनि खोजेर ल्याउनुभएको थियो’, उनले भने, ‘अक्सिजन नपाएर मात्रै मृत्यु भएको भन्नेचाहिँ होइन।’

यता, बिरामीका कुरुवाले भने अक्सिजन नपाएरै आफ्ना बिरामीको ज्यान गएको बताएका छन्। गएराति बिरामीले अक्सिजन 20-२५ मिनेट पाउने र त्यसपछि आधा घन्टासम्म नपाउने अवस्था भएको एक कुरुवाले बताए। अक्सिजन नलगाई बाँच्‍न नसक्ने बिरामीको मृत्यु भएको उनको भनाइ छ। अस्पताल प्रशासनले अक्सिजनको अभावका कारण मृत्यु भएको भनेर बाहिर नभन्न डाक्टरसहित अस्पताल कर्मचारीलाई निर्देशन दिएको एक डाक्टरले बताए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो। अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए।गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजिन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यस अस्पताललाई सरकारले कोरोना विशेष अस्पाल तोकेको छ। अस्पतालमा अहिले दैनिक ३७० सिलिन्डर अक्सिजन आवश्यक भएको डा. बरालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।