image
image

सन् २०२५ सम्म नेपालभर फाइभजी विस्तार हुने 

काठमाडौँ । सरकारले सन् २०२५ भित्रमा देशभर फाइभजी परीक्षण गर्ने र चार वर्षभित्र देशभर यसलाई विस्तार गर्ने योजना गर्ने योजना बनाएको छ । एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट फोरममा प्रस्तुति दिंदै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सन् २०२५ भित्र नेपालभर फाइभजी विस्तार गर्ने सरकारी योजनाबारे जानकारी गराएका हुन् ।


 नेपाल टेलिकमले अहिलेको फोरजी विस्तार परियोजनाको अन्तिम चरणमा रहेको बताउदै खनालले प्राधिकरणले फाइभजीको परीक्षणका लागि एक वर्षसम्म फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए । त्यस्तै फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज र २.६ गिगाहर्ज फ्रिक्वेन्सीलाई प्राथमिकतामा राखिएको खनालले बताए । उनले सन् २०२२ देखि सन् २०२३ सम्ममा फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी तयार हुनुका साथै सेवा प्रदायकले फाइभजीको प्रारम्भिक पूर्वाधार तयार पारिसक्ने बताए ।

 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।