आज उपत्यकामा बढ्यो संक्रमित संख्या
काठमाडौँ - हिजो काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेको भएपनि बिहीबार पुनः बृद्धि भएको छ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।
बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए ।
बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए ।