सरकारले पठाएको ५० थान अक्सिजन सिलिन्डर पुग्यो डडेलधुरा अस्पताल
काठमाडौं, १३, बिहीबार । डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ । सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो ।अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाइरस संक्रमणका विरामीको उपचारमा समस्या भइरहेको बेला समयमा नै नेपाल सरकारले अक्सिजनसहितको सिलिन्डर दिएपछि संक्रमित बिरामीको उपचारका लागि सहज भएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिन्डर सहित अब डडेल्धुरा अस्पतालमा साना ठूला गरि २ सय भन्दा बढी सिलिन्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले ताए ।
सिलिन्डरको प्रयाप्तता भएसँगै आपतकालीनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज भएको अस्पतालले जनाएको छ । हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाइरसका विरामीको उपचार भइरहेको छ ।