image
image

काठमाडौंमा घट्यो कोरोना सङ्क्रमण दर

काठमाडौँ - काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमण दर घटेर ६५ मा आएको जनाइएको छ ।


अघिल्ला हप्ताहरुमा अत्यधिक रुपमा कोरोना सङ्क्रमित बढेपछि महानगरले गत शनिबारदेखि स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाए अनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ”, उनले भनिन् ।


परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । 


कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् । 

महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।