image
image

सडक प्रदर्शनमा उत्रिएसगै ३२ हजार ओमनी युवालाई रोजगारीको तयारी

काठमाडौँ, १३, बिहीबार। ओमनका राजा सुल्तान हाइतिम बिन तारिकले युवा बेरोजगारीको मुद्धा तत्काल सम्बोधन हुने बताएका छन्। हाइतिम बिनले युवा जनशक्ति राज्यको ठूलो पुँजी भएको बताउँदै उनीहरूको रोजगारी राज्यको प्रमुख प्राथमिकतामा रहने आश्वासन दिएका छन्।ओमनमा हालै युवा बेरोजगारलाई लिएर सडकमा प्रदर्शन भएको थियो। आइतबार भएको प्रदर्शनको रिपोर्ट ओमनी समाचार पत्रमा उल्लेख नभएपनि भाइरल भिडियोको आधारमा अन्तर्राष्ट्रिय मिडियाले न्युज बनाएका थिए।

यसको तीन दिनपछि समाजिक विकाश मन्त्रालयले बुधबार एउटा विज्ञप्ती निकाल्दै समाजिक सुरक्षा भत्तालाई लिएर सडकमा प्रदर्शन भएको बताए पनि सरकारको भनाइप्रति खासै कसैले विश्वास गरेका थिएनन्।

सुल्तान तारिकको भनाइले भने ओमनमा युवा बेरोजगारीको समस्या बढेको स्पष्ट हुन्छ। युवाहरू सडकमा उत्रिएपछि सरकार ३२ हजारलाई यसै वर्षको अन्त्यसम्म रोजगारी दिलाउने अभियानमा जुटिसकेको बताइएको छ । सरकारी कार्यालय र सेनामा १२ हजारलाई जागिर दिलाउने सम्बन्धमा पनि कुराकानी भइरहेको छ।


।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।