image
image

चीनले नेपाललाई कोरोनाको १० लाख डोज खोप अनुदान दिने

काठमाडौं । छिमेकी देश चीनले नेपालका लागि १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ ।आज राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिङ पिङसँग फोन वार्ता गरि खोप उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी थिइन् ।

यसैक्रममा चिनियाँ राष्ट्रपति पिङले नेपालका लागि १ मिलियन अर्थात १० लाख डोज खोप उपलब्ध गराउन लागेको नेपालीका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् ।

उनले ट्वीट गर्दै भनेकी छिन्- ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजको फोनमा कुराकानीको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरे कि चीनले अनुदान सहयोगमा नेपाललाई कोभिड १० लाख डोज (एक मिलियन) डोज खोप प्रदान गर्नेछ।’

त्यस्तै आजै राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई समेत पत्राचार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छिन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।