image
image

तीन डीएसपीसहित २० सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु

काठमाडौं, १२, बुधबार। कोरोना भाइरस संक्रमणका कारण पहिलो र दोस्रो लहरमा २० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । जसमा नेपाल प्रहरीका सबैभन्दा धेरै ११ जना छन् । ज्यान गुमाउनेमा तीनजना डीएसपी रहेका छन् ।

सशस्त्र प्रहरी बलका पाँच र नेपाली सेनाका चारजनाको पनि कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ । तीनवटै संगठनमा संक्रमित हुने क्रम निरन्तर छ । तर, महामारीमा खटिएका सुरक्षाकर्मीले सरकारले नै दिने भनेर निर्णय गरेको प्रोत्साहन भत्ता भने पाउन सकेका छैनन् ।

सरकारले महामारीमा खटिएका १० प्रतिशतलाई मात्रै जोखिम भत्ता दिने बताएपछि प्रहरी, सशस्त्र र सेनाले भत्ता नलिएका हुन् । तीनवटै निकायका अधिकारी भन्छन्, “सरकारले सुरुमा जोखिममा खटिएका सबैलाई भत्ता दिने भनेको हो । हामीले मागेका पनि होइनौं । 

सरकारले गत वर्ष चैत ११ गतेबाटै लागु हुने गरी साउनसम्म कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय गर्दा फ्रन्टलाइनमा खटिएका सबैले कामको प्रकृति हेरेर भत्ता दिने बताइएको भए पनि पछि १० प्रतिशतलाई मात्र दिन सकिने निर्णय गरेको थियो ।

चार महिनाको अवधिको भत्ता दिने र त्यो पनि १० प्रतिशतले मात्रै पाउने निर्णय गरेको थियो । १० प्रतिशतलाई मात्र दिँदा आफूहरुले व्यवस्थापन गर्न नसक्ने र त्यसले महामारीमा खटिएकाहरुकै मनोवल खस्किने निस्कर्ष निकाल्दै सुरक्षा निकायले भत्ता नलिने बताउँदै आएका छन् ।

सरकारले तोकेको मापदण्डकै आधारमा ८ हजारको हाराहारीमा नाम पठाएको थियो । तर, अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ जारी गर्दै १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै भत्ता दिन सकिने व्यवस्था राजपत्रमा प्रकाशित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।