image
image

गोरखाको बारपाकमा एकै सातामा ६ को मृत्यु 

काठमाडौँ, १२, बुधबार । गोरखाको बारपाकमा मात्र एक साता भित्र ६ जनाको मृत्यु भएको छ ।  बारपाकमा हिजो दुई जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या एकै सातामा ६ पुगेको हो ।हिजो कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये चार जनामा कोरोना पुष्टि भएको थियो । अन्यलाई भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोे गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो ।घना बस्ती रहेको बारपाकमा कोरोना संक्रमणदर बढ्दो छ । बारपाकमा रुघाखोकी र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी धेरै रहेको गुनासो आएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।

जेठ १ गते पठाएको स्वाबको रिपोर्ट अझै नआएको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताउनुभयो । बारपाकमा लक्षण धेरैलाई देखिए पनि परीक्षण गर्न भने स्थानीयले चासो दिएका छैनन् । मृत्यू भएका अधिकांश वृद्धवृद्धा रहेका वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभएको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।