image
image

इटहरीमा निजी क्षेत्रको अगुवाइमा ८० बेडको आइसोलेसन सेन्टर तयार

काठमाडौँ, १२, बुधबार । उद्योग वाणिज्य संघ इटहरीको अगुवाइमा अक्सिजनसहितको ८० बेडको आइसोलेसन सेन्टर मंगलबारदेखि सञ्चालनमा आएको छ । इटहरी उपमहानगर– १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युटको भवनमा कोरोना संक्रमितका लागि निजी क्षेत्रको पहलमा आइसोलेसन सेन्टर तयार गरी सञ्चालनमा आएको हो । स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेका बेला सञ्चालनमा आएको उक्त आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ ।

नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले अक्सिजन सिलिन्डरसहितको ८० बेडको आइसोलेसन सेन्टर तयार गरेको हो । पहलकर्तामध्येका प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार आइसोलेसन सेन्टरमा विभिन्न खेलकुदका सामग्री, पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुविधासमेत रहेको छ ।

मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले पिपुल्स मल्टिपल हेल्थको तीन तल्ले भवनमा सञ्चालित आइसोलेसन सेन्टरमा प्राविधिक रूपमा चिकित्सक र नर्सको सुविधा रहेको बताए । कोरोना संक्रमण तीव्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको अग्रवालले बताए । उनका अनुसार आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै विराटनगरको नोबेल अस्पतालसँगको सहकार्यमा ७ सय ५० रुपैयाँमा पीसीआर जाँच गर्ने सुविधा रहेको छ ।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले सीमित व्यक्तिहरूको सहभागिताका बीच आइसोलेसन सेन्टर सञ्चालनमा आएको घोषणा गर्दै इटहरी नगरबासीलाई ठूलो राहत मिलेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।