image
image

महाभारत गाउँपालिकामा ‘कोभिड अस्थायी अस्पताल’

बनेपा, ११ जेठ: महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् ।

“कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ”, स्थानीयवासी होमेन्द्र रानामगरले भने, “हिजोका दिनमा कहाँ गएर परीक्षण गर्ने, कसरी गर्ने भन्ने चिन्ता थियो । स्वाब सङ्कलन गरे पनि नतिजा आउन तीन-चार दिन लाग्ने गरेको थियो । अहिले भने आधा घण्टामा नै नतिजा थाहा पाउने अवस्था रहेकोले अब अस्पतालबाट हुने उपचारको अभावमा विरामीले मृत्युुवरण गर्न नपर्लाकी भन्ने आशा जागेको छ ।” सामुदायस्तरमा कोरोना फैलिएको हो कि भन्ने डर गाउँलेमा भएकाले उक्त डरलाई चिर्न कोरोना परीक्षण गर्नुपर्छ भन्ने माग गाउँको भएको उनले बताए ।

गाउँलेको अवस्थालाई मध्यनजर गरी काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा निकै कष्टका बाबजुद ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।-रासस
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।