image
image

भारतमा पछिल्लो समयमा कोरोना ओरालो लाग्दै

काठमाडौँ, ११, मंगलबार । भारतमा कोरोना भाइरसको दोस्रो लहर ओरालो लाग्दैँ गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिएका थिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो । यसअघि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जना कोरोनाद्वारा पोजेटिभ पाइएका थिए ।

यद्यपि, मृत्युको आँकडा सरकार र मानिसका लागि चिन्ताको विषय बनेको छ । भारतमा सोमबार ३,४९६ व्यक्तिमा कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । साथै, यतिबेला ३ लाख २६ हजार ६७१ जनाले कोरोनालाई मात दिएका छन् । यसरी, उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३४ हजार ५७२ को कमी रेकर्ड गरिएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.९५ लाख, पछिल्लो २४ घण्टामा निको भएकाः ३.२६ लाख, पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,४९६, हालसम्म कूल संक्रमित भइसकेकाः २.६९ करोड, हालसम्म कूल मृत्युः ३.०७ लाख,

हाल उपचार गराइरहेका बिरामीको कुल संख्याः २५.८१ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।