image
image

कोरोना संक्रमणका कारण म्याग्दीमा ३५ को मृत्यु

काठमाडौँ, १०, सोमबार । कोरोना भाइरस संक्रमणका कारण म्याग्दीमा ३५ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अवधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको २.३५ प्रतिशतले ज्यान गुमाएका हुन् । ९५६ जना अथवा ९७.६५ प्रतिशतले कोरोना जितेका छन् ।

म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि गएका १२ जना र कोरोनाको लक्षण र चिन्ह देखिएका तर स्वाब परीक्षण नगरिएका ४ जना  समेत मृत्यु हुनेको संख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । 

यस्तै पोखरा, काठमाडौंलगायत सहरी क्षेत्रमा उपचारको क्रममा कोरोना पुष्टि भएका १२ जनाको मृत्यु भएको छ । म्याग्दीमा कोरोना पुष्टि भइ ७ जनाको बेनी अस्पतालमा र १३ जनाको पोखरा, काठमाडौं रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । 

म्याग्दीमा हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ४९६ जना छ ।  सदरमुकाम बेनी बजारभित्र निषेधाज्ञा जारी भएपछि नयाँ संक्रमित भेटिने दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ । 

कोरोना नियन्त्रणका लागि वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण बढ्ने दर स्थिर रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा लम्बाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।