विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डाक्टरको निधन
काठमाडौँ । विद्यावारिधि (पिएचडी) गर्ने नेपालकी पहिलो महिला डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । गिरीको आइतबार राति १० बजे नयाँबानेश्वर स्थित निजामती अस्पतामा उपचारको क्रममा निधन भएको हो ।
केही वर्षदेखि अल्जाइमर्स रोगसँग जुध्दै आएकी गिरीको ३ हप्ता अगाडीबाट कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार भैरहेको थियो । कोरोना संक्रमण भएपनि निधन भने ह्दयघातको कारण भएको परिवार स्रोतले जनाएको छ ।
केही वर्षदेखि अल्जाइमर्स रोगसँग जुध्दै आएकी गिरीको ३ हप्ता अगाडीबाट कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार भैरहेको थियो । कोरोना संक्रमण भएपनि निधन भने ह्दयघातको कारण भएको परिवार स्रोतले जनाएको छ ।